PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

बाइडेनमाथि दबाबको प्रभाव : अमेरिकाले 'स्टक'मा राखेको अस्ट्राजेनेका भ्याक्सिन अरु देशलाई प्रदान गर्ने



बाइडेनमाथि दबाबको प्रभाव : अमेरिकाले 'स्टक'मा राखेको अस्ट्राजेनेका भ्याक्सिन अरु देशलाई प्रदान गर्ने
Photo : Getty Images

अमेरिकाले 'स्टक' मा राखेको कोभिड १९ विरुद्धको भ्याक्सिन अन्य देशलाई उपलब्ध गराउने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि विश्वभर भ्याक्सिन उपलब्ध गराउने विषयमा समानता कायम गराउन दबाब बढ्दै गएपछि अमेरिकाले यस्तो निर्णय गरेको हो।

अमेरिकासँग रहेको करिब ६ करोड अस्ट्राजेनेका भ्याक्सिन डोज अन्य देशहरुमा निर्यात गर्ने ह्वाइट हाउसले जनाएको छ। केही समयमा नै भ्याक्सिन निर्यात गर्ने भनिए पनि भ्याक्सिन कहाँ पठाउने भन्ने विषय सार्वजनिक गरिएको छैन।

अमेरिकाको फुड तथा ड्रग एड्मिनिस्ट्रेसनले अस्ट्राजेनेका भ्याक्सिनको प्रयोगको स्वीकृति दिएको छैन। अमेरिकामा प्रयोग नभएको भ्याक्सिन विश्वका अन्य देशलाई उपलब्ध गराउन पहिलादेखि नै माग उठेको थियो।

अमेरिकाले ६ करोड भ्याक्सिन उपलब्ध गराउँदा विश्वका ३ करोड जनता सुरक्षित हुन सक्ने चिकित्सक क्यारी टिचरले बताए। उनले अस्ट्राजेनेका मात्र नभइ अन्य भ्याक्सिन समेत अरु देशलाई उपलब्ध गराउनुपर्नेमा जोड दिए।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जे पसाकीले आउने केही हप्तामा नै १ करोड अस्ट्राजेनेका भ्याक्सिन वितरण गर्न सुरु गर्ने बताइन्। ५ करोड भ्याक्सिन उत्पादनपछि मे र जुन महिना भित्र निर्यात गरिने उनले बताइन्।

अमेरिकामा हालसम्म फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसनको भ्यक्सिन प्रदान गरिएको छ। १८ वर्षभन्दा माथि उमेर समूहका करिब ५४ प्रतिशतले भ्याक्सिनको पहिलो डोज लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell