PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

कोभिड-१९ संक्रमण देखिएपछि मन्त्री रायमाझी अस्पताल भर्ना 



कोभिड-१९ संक्रमण देखिएपछि मन्त्री रायमाझी अस्पताल भर्ना 

काठमाडौं : उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीलाई कोभिड-१९ संक्रमण भएको छ। सोमवार गरिएको परीक्षणमा रायमाझीको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ।

संक्रमण देखिएपछि रायमाझीलाई छाउनीस्थित सैनिक अस्पतालमा राखिएको स्वकीय सचिव लिला जिसीले जानकारी दिए। गृह जिल्ला अर्घाखाँचीमा आयोजित कार्यक्रममा भाग लिएर फर्किएपछि रायमाझीको पीसीआर गरिएको थियो।

रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको जिसीले बताए। श्वास प्रश्वास सहजताका लागि अक्सिजन दिएर राखिएको छ। 'अवस्था नर्मल छ। अक्सिजन दिएर राखिएको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell