PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

गण्डकी प्रदेशसभामा एमालेको अवरोध, सबै सांसदको पीसीआर परीक्षणको माग



गण्डकी प्रदेशसभामा एमालेको अवरोध, सबै सांसदको पीसीआर परीक्षणको माग

काठमाडौं : सत्तारुढ नेकपा (एमाले)ले सबै सांसदको पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभामा अवरोध गरेको छ। एमाले सांसदको अवरोधका कारण सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक स्थगित गरेका छन्।

सबै सांसदहरुको पीसीआर परीक्षण गरेरमात्र बैठक चलाउनुपर्ने एमालेको माग छ।

नेकपा एमालेका सांसद राजीव पहारीले कोभिड संक्रमण बढिरहेका बेला पीसीआर परीक्षण नगरिकन सुरु गर्न नहुने बताए। यसैकारण स्थगित गरिएको उनले जानकारी दिए।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेसको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न विशेष अधिवेशन आह्वान गरिएको छ। सोमवारदेखि सुरु भएको विशेष अधिवेशनको आजको बैठकमा मुख्यमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ। अविश्वासको प्रस्तावमा भोलि मतदान हुने तय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell