PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

अविश्वासको प्रस्ताव दर्ताबारे छलफल गर्न माओवदीले बोलायो स्थायी कमिटी



अविश्वासको प्रस्ताव दर्ताबारे छलफल गर्न माओवदीले बोलायो स्थायी कमिटी
फाइल फोटो

काठमाडौं : सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ताबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ।  पार्टी कार्यालय पेरिसडाँडामा ३ बजेका लागि बोलाइएको बैठक अब केहीबेरमा सुरु हुन लागेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग नयाँ सरकार गठनबारे भएको वार्ताका विषयमा छलफल हुने एजेण्डा रहेको माओवादी केन्द्रका नेताहरुले बताएका छन्। यसअघि पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले सरकारलाई आफ्नो पार्टीको समर्थन नभएको बताउँदै केही दिनमै लिखित जानकारी दिने निर्णय गरेको थियो।

उक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच पटक-पटक भएका वार्ता निष्कर्षमा पुगेको माओवादी केन्द्रका नेताहरुको दाबी छ।

प्रचण्डनिकट एक नेताका अनुसार अब देउवाले निर्णय नफेरेमा केही दिनमै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता हुने छ। 'अहिलेको सहमतिअनुसार अब अविश्वासको प्रस्ताव केही दिनमै दर्ता होला भन्ने छ। तर यसमा देउवाजीले सहमति पालना गर्नुभयो भने,' ती नेताले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell