PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

प्रदेश २ प्रदेशसभा सचिवालयका ३ जना कर्मचारीलाई संक्रमण, बैठक अनिश्चितकालका स्थगित



प्रदेश २ प्रदेशसभा सचिवालयका ३ जना कर्मचारीलाई संक्रमण, बैठक अनिश्चितकालका स्थगित

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा सचिवालयका ३ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभाको बैठक स्थगित भएको छ।

प्रदेशसभा सचिवालयका ३ जना कर्मचारी संक्रमित भएपछि प्रदेशसभा बैठक स्थागित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। उनले प्रदेशसभाको पाँचौ अधिवेशनको तेश्रो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको बताए।

करिब ६ महिनापश्चात प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो बैठक चैत ३० गते बसेको थियो। दोस्रो बैठक वैशाख १० गते भएपछि तेस्रो बैठक वैशाख १२ गतेको लागि तय गरिएको थियो। तर, कर्मचारीहरु कोरोना संक्रमित भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

प्रदेशसभाको पाँचौ अधिवेशनमा प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रक्रिया सुरु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell