PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फेरि सर्‍यो जोन अब्राहमको 'सत्यमेव जयते २' को प्रदर्शन मिति



फेरि सर्‍यो जोन अब्राहमको 'सत्यमेव जयते २' को प्रदर्शन मिति

भारतमा कोरोनाको दोस्रो लहर आएसँगै फिल्महरुले प्रदर्शन मिति सारिरहेका छन्। अभिनेता जोन अब्राहम अभिनित 'सत्यमेव जयते २' ले पनि प्रदर्शन मिति सारेको छ।

फिल्म निर्माताले मंगलबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै फिल्म इदमा प्रदर्शन नगर्ने घोषणा गरेका हुन्। फिल्मको नयाँ मिति घोषणा गरिएको छैन।

यसअघि फिल्म 'सत्यमेव जयते २' १३ मे अर्थात इदमा सलमान खानको 'राधे' सँगै रिलिज गर्ने निर्णय गरिएको थियो।

फिल्म निर्माताले विज्ञप्तिमामा संकटको समयमा जनताको सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै मिति सारेको उल्लेख गरेका छन्।

मिलाप जवेरी निर्देशित फिल्म 'सत्यमेव जयते २' मा जोनका साथै दिव्या कुमार खोसलाको मुख्य भूमिका रहेको छ। यो फिल्म सन् २०१८ मा रिलिज भएको फिल्म 'सत्यमेव जयते' को सिक्वल हो। कोरोना र लकडाउनका कारण 'सत्यमेव जयते २' ले पहिले पनि प्रदर्शन मिति सारेको थियो।

फिल्ममा जोन अब्राहमको डबल रोल रहेको छ। एक्सन लुकमा फिट हुन जोनले फिल्मका लागि १० देखि १२ किलोसम्म वजन घटाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell