PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

महाराष्ट्रको ठाणेस्थित एक अस्पतालमा आगलागी, आइसियुबाट सार्ने क्रममा चार बिरामीको मृत्यु



महाराष्ट्रको ठाणेस्थित एक अस्पतालमा आगलागी, आइसियुबाट सार्ने क्रममा चार बिरामीको मृत्यु
फोटो : Bhaskar.com

भारतको महाराष्ट्रस्थित ठाणेमा रहेको एक अस्पतालमा आगलागी हुँदा ४ जना बिरामीको मृत्यु भएको छ। घटनामा २० बिरामीको उद्धार गरी अर्कै अस्पतालमा भर्ना गर्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। उक्त अस्पतालमा ६ जना आइसियुमा रहेको र सार्ने क्रममा चार जनाको मृत्यु भएको बताइएको छ।

स्थानीय विधायक जितेन्द्र अव्हाडले घटनाबारे प्रारम्भिक जानकारी दिएका छन्। विद्युत सर्ट भएर उक्त आगो लागेको उनको भनाई छ। यद्यपि पूर्ण अनुसन्धान गर्न त्यहाँको महानगरले निर्देशन दिएको छ।

भारतमा पछिल्लो दिनमा अस्पतालमा आगलागी हुने घटना भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell