PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सुदूरपश्चिमका पूर्वमन्त्री बोहरालाई मातृ शोक



सुदूरपश्चिमका पूर्वमन्त्री बोहरालाई मातृ शोक

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झापटबहादुर बोहरालाई मातृ शोक परेको छ। नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका बोहराकी आमा ७८ वर्षीय धौली देवी बोहराको मङ्गलवार राती धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

निमोनियाबाट ग्रसित उनको १३ गतेदेखि अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा मंगलवार राती मृत्यु भएको बोहराका स्वकीय सचिव आदर्श साउदले बताए। सेती प्रादेशिक अस्पतालले उनमा कोरोना संक्रमण रहेको जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell