PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कांग्रेसका केन्द्रीय सदस्यदेखि सचिवालय सदस्यमा कोरोना, के होला केन्द्रीय समिति?



कांग्रेसका केन्द्रीय सदस्यदेखि सचिवालय सदस्यमा कोरोना, के होला केन्द्रीय समिति?

काठमाडौं : नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यदेखि सचिवालय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलवार गरिएको पीसीआर परीक्षणमा केही केन्द्रीय सदस्य, सचिवालयका एक जना सदस्य, तीन जना सुरक्षा खटिएका कर्माचारीलाई कोरोना पुष्टि भएको छ।

यद्यपि कोरोना संक्रमणबारे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अनविज्ञता जनाए। उनले कोरोना संक्रमणको रिपोर्टबारे अनविज्ञता जनाउँदै केन्द्रीय समिति बस्ने जानकारी दिए। 'आजको केन्द्रीय समिति पहिल्यै निर्धारित थियो। महाधिवेशनका विषयमा छलफलका लागि आज केन्द्रीय समिति बस्छ,' मुख्यसचिव पौडेलले भने।

यसअघि सोमवारका लागि तोकिएको केन्द्रीय समिति पीसीआर परीक्षणपछिमात्र बस्ने भन्दै स्थगित गरिएको थियो। सयभन्दा बढी केन्द्रीय सदस्यको पीसीआर परीक्षण गर्दा २० जनाभन्दा बढीको कोभिड-१९ रिपोर्ट शंकास्पद देखिएको थियो। उनीहरुमध्ये केहीलाई पुन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भए पनि सार्वजनिक भने गरिएको छैन। कोरोना रिपोर्ट मोबाइलमा जाने भएकोले व्यक्ति किटान भने गर्न नसक्ने एक केन्द्रीय सदस्यले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell