PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण पुष्टिपछि कांग्रेस केन्द्रीय समिति स्थगित



केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण पुष्टिपछि कांग्रेस केन्द्रीय समिति स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित गरिएको छ। आजको लागि डाकिएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएपछि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

'आज बैशाख १५ का लागि निर्धारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ,' पौडेलले जारी गरेको सूचनामा भनिएको छ, 'बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजेटिभ देखिएको छ। यस्तो स्थितिमा कोरोनाको तीब्र संक्रमण बढिरहेको बेला ठुलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको छ।'

मंगलवार गरिएको पीसीआर परीक्षणमा केही केन्द्रीय सदस्य, सचिवालयका एक जना सदस्य, तीन जना सुरक्षा खटिएका कर्माचारीलाई कोरोना पुष्टि भएको छ।

यसअघि सोमवारका लागि तोकिएको केन्द्रीय समिति पीसीआर परीक्षणपछिमात्र बस्ने भन्दै स्थगित गरिएको थियो। सयभन्दा बढी केन्द्रीय सदस्यको पीसीआर परीक्षण गर्दा २० जनाभन्दा बढीको कोभिड-१९ रिपोर्ट शंकास्पद देखिएको थियो। उनीहरुमध्ये केहीलाई पुन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भए पनि ककसलाई संक्रमण भएको हो? यसबारे सार्वजनिक गरिएको छैन। कोरोना रिपोर्ट मोबाइलमा जाने भएकोले व्यक्ति किटान भने गर्न नसक्ने एक केन्द्रीय सदस्यले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell