PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एमालेको अवरोधले कर्णाली प्रदेशसभा बैठक स्थगित



एमालेको अवरोधले कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत : कर्णाली प्रदेशसभामा नेकपा एमालेको अवरुद्धपछि संसद बैठक स्थगित भएको छ। नेकपा एमालेले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार गम्भिर नबनेको भन्दै संसद अवरुद्ध गरेपछि अर्को सूचना नभएसम्मका लागि संसद स्थगित भएको हो।

सातौं अधिवेशनको चौँथो बैठकमा सभामुख राजबहादुर शाहीले संसद बैठकको कारवाही प्रारम्भ नगर्दै नेकपा एमालेका प्रमुख सचेतक गुलावजंग शाहले जनतालाई परेको पिर, मर्कामा सरकार र जनप्रतिनिधि गम्भिर हुनुपर्ने बताउँदै संसदको कारवाही अगाडि नबढाउन सभामुखलाई आग्रह गर्दै एमालेका सांसद सवै उठेर संसद अवरुद्ध गरेका हुन्।

करिब साढे नौ मिनेट सञ्चालन भएको संसद बैठकमा सभामुखले एक मिनेट नबोल्दै स्थगित गरेका हुन्।

बुधवार बसेको संसद सभामुख शाहीले बैठकको सुरु नगर्दै अर्को सूचना नभएसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन्।

कारोना भाइरस संक्रमणले जनता आक्रान्त बनेको उल्लेख गर्दै नेकपा एमालेको प्रमुख सचेत गुलावजंग शाहले संसदको कुनै पनि कारवाही अघि बढाउन नहुने भन्दै संसद अवरुद्ध गरेका हुन्। प्रतिपक्ष बनेको नेकपा एमालेले पहिलो पटक संसद अवरुद्ध गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell