PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

निषेधाज्ञाले निफ नरोकिने, अनलाइन हुने



निषेधाज्ञाले निफ नरोकिने, अनलाइन हुने

काठमाडौं : 'नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल २०२१' (निफ) को चौथो संस्करणका कार्यक्रमहरु अनलाइनमार्फत हुने भएका छन्।

स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र वैशाख १६ देखि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाबिच पनि निफ नरोकिने र अनलाइनबाट हुने निफ फेस्टिभलका अध्यक्ष केपी पाठकले बताए।

'गत वर्षको फागुनमै हुनुपर्नै कार्यक्रम हो। तर कोरोना महामारीले गर्दा अनलाइनभन्दा पनि फिजिकल नै गर्ने उद्देश्यले वैशाखको २३-२७ सम्म गर्ने निर्णय गरेका थियौं। तर यो समयमा झन कोरोना संक्रमण बढ्न थालेसँगै सरकारले निषेधाज्ञा गरेपछि यसकारण सम्भव भएसम्मका गतिविधि अनलाइन गर्ने निर्णय गरेका छौं। फिल्म भने नेट टिभीबाट प्रदर्शन गरिनेछ,' उनले भने।

साथै उनले निषेधाज्ञाबिच निफका गतिविधि आयोजना गर्न सरकारसँग अनुमति लिइसकेको समेत बताए।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आइरहेको निफको चौथो संस्करणमा नेपालबाट लाटोकोसेरो, सरिता ११ वर्ष र आमाखाण्डो फिचर फिल्म छनोटमा परेका छन्।

विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० फिल्म प्राप्त महोत्सवमा ३१ देशका ६३ चलचित्र मात्र प्रतिस्पर्धामा छनोट भएका थिए। साथै नेपालबाट थप तीन फिल्म गरी कुल ६६ फिल्म महोत्सवमा प्रदर्शन गरिने छ।

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्महरुलाई छुट्टै विधामा प्रतिस्पर्धामा सहभागी गराइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell