![कोरोना निषेध गाउँ !](https://pahilopost.com/assets/upload/contentthumb/178850753_1198108263978749_4580598747818311590_n.jpg)
'यो गाउँ जाने? त्यो गाउँ जाने?' कलंकीमा सहचालक यात्रुहरुलाई बोलाउन व्यस्त। काठमाडौंमा कोरोनाको डरले घर फर्किन लागेकाहरु आफ्नो गाउँ जाने बस कुर्दाकुर्दै वाक्क। सरकारले दुई दिन समय दिएको छ काठमाडौं छाड्न। कोरोनाबाट बच्न। त्यसैले गाउँ जान कलंकीमा भेला भएको भिडमा कोरोना छैन। कोचाकोच बसमा संक्रमण फैलिन सक्दैन। बस् काठमाडौंबाट गाउँ पुग्नु छ। किनकी गाउँमा कोरोना छैन!