PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

लुम्बिनीमा मुख्यमन्त्री पोखरेललाई साथ दिएका जसपाका चार सांसद पदमुक्त



लुम्बिनीमा मुख्यमन्त्री पोखरेललाई साथ दिएका जसपाका चार सांसद पदमुक्त

काठमाडौं : लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधित्व गर्ने चार सांसद् पदमुक्त भएका छन्।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। तर, पार्टी निणर्य विरुद्ध गएर जसपाका चार सांसद पोखरेल मन्त्रिमण्डलम सहभागी भएका थिए।

प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी, र कल्पना पाण्डेयलाई पार्टीको सदस्यबाट निस्काशन गरेको सूचना जसपाले प्रदेश सभा सचिवालयमा बुझाएको थियो। आज एक विज्ञप्ती जारी गर्दै लुम्बिनी प्रदेशसभाका  सचिव दुर्लभ कुमार पुन मगरले चारैजना सांसदलाई पदमुक्त गरिएको जानकारी दिएका हुन्।  

पदमुक्त गरिएका सांसद सन्तोषकुमार पाण्डेयलाई पोखरेल क्याबिनेटमा भौतिक पूर्वाधार विकास मन्त्रालय, विजयबहादुर यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कल्पना पाण्डेयलाई शिक्षा तथा समाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो। त्यस्तै अविश्वासको  सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्य मन्त्रीको जिम्मेवारी दिइएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell