PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

वीरमा बाबुराम भट्टराईको ट्युमरको शल्यक्रिया हुँदै



वीरमा बाबुराम भट्टराईको ट्युमरको शल्यक्रिया हुँदै

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ। वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा आज उनको शल्यक्रिया हुन लागेको हो। त्यसका लागि अध्यक्ष भट्टराई बिहीवार अस्पताल भर्ना भएको उनको सचिवालयले जानकारी गराएको छ।

वीर अस्पतालमा हामी !

Posted by Dr. Baburam Bhattarai on Thursday, April 29, 2021

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो। विभिन्न परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए। ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell