PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

अक्सिजन र रेम्डिसिभिर खरिद गर्ने प्रदेश २ सरकारको निर्णय



अक्सिजन र रेम्डिसिभिर खरिद गर्ने प्रदेश २ सरकारको निर्णय

वीरगंज : प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा थप अक्सिजन सिलिण्डर र रेम्डिसिभिर खरिद गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न उच्च स्तरीय बैठकले उक्त निर्णय गरेको हो।

कोरोनाको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबैभन्दा बढी देखिएको हूँदा प्रदेशको १४ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिण्डर भण्डारण गर्न कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट पाँच पाँच लाख उपलब्ध गराउने निर्णय गरेको छ। त्यसैगरी संक्रमितका लागि सबैभन्दा महत्वपूर्ण औषधी मानिएको रेम्डिसिभिर १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालालाई अनुमति दिने निर्णयसमेत गरेको छ।

बैठकमा सहभागी सरोकारवाला निकायका प्रमुखहरुले कोरोना महामारीको वर्तमान अवस्था, रोकथामको उपाय र प्रदेश सरकारले चाल्नु पर्ने कदम बारे ब्रिफिङ गरेका थिए। आठ वटै जिल्लामा पीसीआर मेसिन संचालनमा आई सकेकोले जाँचमा समस्या नरहे पनि उपचारका लागि थप जनशक्ति परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ।

बैठकमा समाजिक विकास मन्त्री नवलकिशोर साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नेपाली सेनाका उपरथी सुरेश कार्की, प्रदेश सचिव केशवप्रसाद विमली, यामप्रसाद भुषाल, प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतम, अनुसन्धानका निर्देशक हरिहर पौडेल, स्वास्थ्य आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद कुमार यादव, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका राजिष्ट्रार डा. विनोद कुमार यादव, प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. प्रमोद यादव, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्र, मुख्यमन्त्री कार्यालयका सिडिई भगवान झा सहितको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell