PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

अटो रिक्सालाई एम्बुलेन्स बनाएर बिरामीलाई अस्पताल पुर्‍याउँदैछन् जावेद खान



अटो रिक्सालाई एम्बुलेन्स बनाएर बिरामीलाई अस्पताल पुर्‍याउँदैछन् जावेद खान
Photo : Times of India

भारतमा दुई सातादेखि दैनिक ३ लाख भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। संक्रमितको संख्या बढेसँगै अस्पतालहरु भरिएका छन्। एम्बुलेन्स सेवा सबै ठाउँमा पुग्न सकेको छैन। अस्पतालमा अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार प्रभावित बनेको छ।

यसबिच भारतको भोपालमा अटो रिक्सालाई नै एम्बुलेन्समा रुपान्तरण गरिएको छ। संक्रमितको संख्या बढ्दा उपलब्ध एम्बुलेन्सहरुले आवश्यक सेवा सबै पूरा गर्न सकेको छैन। त्यसैले ३४ वर्षीय जावेद खानले आफ्नो अटोलाई एम्बुलेन्स बनाए। र, बिरामीलाई अस्पताल पुर्‍याउन जुटे।

टाइम्स अफ इन्डियाका अनुसार खानले हालसम्म अटोबाट १० जना बिरामीलाई अस्पताल पुर्‍याउने र ल्याउने काम गरिसकेा छन्। आफू र श्रीमतीले जम्मा पारेको रकमको सदुपयोग गर्दै उनले अटोलाई एम्बुलेन्स बनाएका हुन्।

भारतमा बढ्दै गएको मृत्यु दरदेखि आफू धेरै चिन्तित बनेको खान बताउँछन्। त्यसैले मानिसहरुलाई आफूले सक्दो सहयोग गर्न सडकमा निस्किएको उनले बताए। उनले नि:शुल्क रुपमा आफ्नो अटोबाट बिरामीहरुलाई सुविधा दिँदै आएका छन्।

अटोरिक्सामा उनले अक्सिजन समेत राखेका छन्। साथै स्यानिटाइजर र केही औषधी समेत राखेका छन्।

सिलिन्डरमा अक्सिनस भर्न दिनमा करिब ६०० भारतीय रुपैयाँ खर्च हुने खान बताउँछन्। एउटा एक्सिजन सिलिन्डर लिन करिब ५ घण्टा लाइनमा बस्नुपर्छ। बिरामीहरुको सेवा गर्न उनले आफ्नो अटोमा अन्य यात्रुहरुलाई यात्रा गराउन बन्द गरिसकेका छन्। उनले आफूले अटोबाट दिने गरेको सुविधालाई सामाजिक संजालमा राखेर प्रचार गरेका छन्।

'यो सेवाको बारेमा सबैले थाहा पाओस् भन्ने मेरो इच्छा हो। यो अभियानमा अरु अटोरिक्सा चालकलाई पनि संलग्न हुन आग्रह गर्छु' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell