PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार



कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार

कोभिड १९ संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ। अस्पतालमा उपचाररत श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको महजोडी कलाकार हरिवंश आचार्यले जानकारी दिए।

'उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। अहिले अक्सिजन लेबल पनि ठीक छ। कमजोरी त धेरै नै छ दाइलाई। तर आत्तिहाल्नु पर्ने अवस्था भने छैन। आज वा भोलिसम्म अस्पतालले डिस्चार्ज गर्छ होला,' उनले भने।

११ दिनअघि श्रेष्ठसहित उनका परिवारका ५ जनालाई संक्रमण पुष्टि भएको थियो। मदनकृष्णको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell