PahiloPost

Jun 22, 2024 | ९ असार २०८१

भारतीय पत्रकार रोहित सरदानाको निधन, एक हप्ता अघि देखिएको थियो कोरोना संक्रमण



 भारतीय पत्रकार रोहित सरदानाको निधन, एक हप्ता अघि देखिएको थियो कोरोना संक्रमण

भारतीय पत्रकार रोहित सरदानाको निधन भएको छ। एक साता अघि उनमा कोरोना संक्रमण देखिएपछि मेट्रो अस्पतालमा उपचार भइरहेको थियो। आज बिहान हृदयघात भएर उनको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

भारतीय न्यूज च्यानल आजतकमा उनले विभिन्न टकशोहरु संचालन गर्दै आएका थिए। आजतक अघि उनले जी न्यूजमा टकशो संचालन गरेका थिए। जी न्यूजका प्रधानसम्पादक सुधिर चौधरीले सरदानाको मृत्युको खबरले भारतिय मिडिया जगत नै स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।  

सरदानाले अप्रिल २४ मा ट्वीट गर्दै आफूमा कोरोना संक्रमण देखिएको जानकारी दिएका थिए। पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि सीटी स्क्यानबाट भने कोरोना पुष्टि भएको उनले जानकारी दिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell