PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सभापति देउवाले किन बोलाए आकस्मिक पत्रकार सम्मेलन?



सभापति देउवाले किन बोलाए आकस्मिक पत्रकार सम्मेलन?

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन्।

आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे कोभिड–१९ का सन्दर्भमा पत्रकार सम्मेलन गर्न लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

सभापति देउवाले पत्रकार सम्मेलनमार्फत कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण र रोकथाममा सरकारको भूमिका तथा निषेधाज्ञा लागू गरिएपछि सर्वसाधारणको जनजीवनमा परेको प्रभावलगायत विषयमा धारणा व्यक्त गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell