PahiloPost

Sep 11, 2026 | २६ भदौ २०८३

कोरोना संक्रमित रणधीर कपूरलाई आईसीयूमा सारियो



कोरोना संक्रमित रणधीर कपूरलाई आईसीयूमा सारियो

भारतिय अभिनेता रणधीर कपूर आईसीयूमा भर्ना गरिएको छ। कपूर कोरोना संक्रमित भएका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पताल लगिएको थियो।

उनको आफूलाई आईसीयूमा सारिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। कपुरले ई टाइम्ससँगको अन्तर्वार्तामा भने, ‘मलाई आईसीयू वार्डमा सिफ्ट गरिएको छ। अस्पतालमा मेरो निकै राम्रो तरिकाले हेरविचार गरिँदै छ। सबैकुरा नियन्त्रणमा छ। म जतिबेला पनि डाक्टरले घेरिएको अवस्थामा छु।'

रणधीरका ५ अन्य कर्मचारी पनि संक्रमण देखिएको छ। उनीहरु पनि अस्पतालमा भर्ना भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell