PahiloPost

Jul 3, 2024 | २० असार २०८१

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातद्वारा सर्वोच्चमा अर्को बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता



अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातद्वारा सर्वोच्चमा अर्को बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन्।

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बस्न्यातले थुनामा राख्ने विशेष अदालतको निर्णय बदरको माग गर्दै शुक्रवार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन्। बस्न्यातका तर्फबाट छोरीज्वाईं प्रज्वल अधिकारीले सर्वोच्च पुगेर बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन्।

निवेदनमा बस्न्यातले अख्तियारले लगाएको अभियोग दावीको कसुरमा कुनै पनि किसिमको संलग्नता नरहनुका साथै संसलग्नता देखिने कुनै पनि प्रमाणहरु नरहेको दाबी गरेका छन्। साथै आफ्नो उमेर ६९ वर्ष हुनुका साथै मुटु रोग लगायतका साविकदेखि नै विभिन्न रोगले पीडित रहेको र अहिले कोरोना संक्रमण भएर चावहिलस्थित ओम अस्पतालको काई केयर युनिटमा भर्ना भई उपचार भइरहेको पनि उल्लेख गरेका छन्। ‘कोरोनाको संक्रमण अत्यन्तै गम्भीर हुन पुगि मलाई अक्सिजनको सपोर्टमा श्वासप्रश्वास गराई राखिएको अवस्था रहेको छ। मेडिकल साइन्सले कोरोना संक्रमणमा सिटी भ्यालु मापन गर्दा २८ भन्दा बढी हुनुपर्ने मापदण्ड राखेकोमा मेरो सिटी भ्यालु १२.७२ मात्रै रहेको छ। मुटुको पुन सल्क्रिया नगरे जीवन नै जोखिममा पर्ने अवस्था समेत रहेको छ। अत: यस अवस्थामा म निवेदकलाई मानवीय दृष्टिकोणले समेत बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनुपर्ने निवर्ववाद छ,’ निवेदनमा माग गरिएको छ।

स्वास्थ्य अवस्था प्रतिकुल भएकाले धरौटीमा रिहा भएर मुद्दा लड्न पाउनुपर्ने बस्न्यातको माग छ।

अख्तियारले बालुवाटारको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा बस्न्यातसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध यसअघि माघमा बस्न्यातले सर्वोच्चमै निवेदन दिएका थिए। तर मिसिल झिकाउने आदेश भएर विचाराधिन रहेका बेला बस्न्यातका तर्फबाट ज्वाईंले धरौटीमा रिहा गर्ने आदेशको माग गर्दै अर्को निवेदन दर्ता गराएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell