PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

रुपन्देहीको कोरोना अस्पतालमा एक युवाले गरे आत्महत्या 



रुपन्देहीको कोरोना अस्पतालमा एक युवाले गरे आत्महत्या 

बुटवल : रुपन्देहीमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन्।

तीनदिन पहिले देखी संचालनमा आएको सैनामैना १ वनकट्टा स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा बनेको कोरोना विशेष अस्थायी अस्पतालको शौचालयमा झुण्डीएर एक युवाले आत्महत्या गरेको नगरप्रमुख चित्र बहादुर कार्कीले बताए। 

सैनामैना १ बनकट्टाका युवकले काठमाडौं गएर उपचार गराउने चाहाना राखेको नगरप्रमुख कार्कीले बताए। पछि यहाँका चिकित्सक र पारिवाको सल्लाह अनुसार अस्पतालमा उपचार गराउँदै आएका थिए।

 ‘उहाँ अलि आत्तिनु भएको थियो।  उहाँको मनोबल कम थियो। मनोचिकित्सक राखेर सम्झाउँदै आएका थियौँ’ कार्कीले भने।

 नगरप्रमुख कार्कीका अनुसार घरबाट मगाएको पातलो तन्नाले ट्वाईलेटमा झुण्डीएको अवस्थामा फेला युवकको शव फेला परेको थियो।

सोही अस्पतालका एक गम्भीर बिरामीलाई शुक्रवार हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको थियो। अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजन बेड र ४५ वटा आइसोलेसन बेड रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell