PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

बजार अनुगमनमा निस्किए प्रदेश २ प्रमुख, मास्क नलगाउनेलाई हात जोड्दै बुझाए महामारीको अवस्थाबारे



बजार अनुगमनमा निस्किए प्रदेश २ प्रमुख, मास्क नलगाउनेलाई हात जोड्दै बुझाए महामारीको अवस्थाबारे

जनकपुरधाम : देशभर तीब्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ। दैनिक हजारौंमा संक्रमण पुष्टि हुँदा मृतकको संख्या पनि बढ्दो छ। संक्रमणको चेन ब्रेक गर्न भन्दै  केही जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। निषेधाज्ञा लागू नगरिएका क्षेत्रमा समेत सतर्कता अपाउन आग्रह गरिएको छ।

यता प्रदेश २ मा समेत कोरोना संक्रमितको संख्या बढ्दो छ। त्यसैले सर्वसाधरणलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ। यसबिच प्रदेश नम्बर २ का प्रमुख राजेश झा अहिराजले आज जनकपुरधाम नगरको अनुगमन गरेका छन्।

कोरोना महामारी भयावह रुपमा फैलिरहेको अवस्थामा बजारमा स्वास्थ्य मापदण्ड पालना भए नभएको बुझ्न उनी अनुगमनमा निस्किएका हुन्। उनले त्यसक्रममा मास्क नलगाएर पसल संचालन गर्दै आएका व्यवसायहरुलाई मास्क अनिवार्य गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे।

मिल्स एरिया देखि शिव चोक सम्म पैदल हिँड्दै प्रदेश प्रमुख झाले मास्क नलगाएका बटुवा तथा पसलेलाई हात जोड्दै मास्क लगाउन आग्रह समेत गरे। मास्क लगाएर काम गर्दा आफु पनि स्वास्थ्य रहने र अरु पनि स्वास्थ्य रहने हुनाले मास्क लगाएर सेवा गर्न उनले अनुरोध गरेका थिए।

प्रदेश प्रमुखका सचिव ध्रुव गैँडाका अनुसार प्रदेश नम्बर २ को धनुषा जिल्ला कोरोना संक्रमणबाट अति नै प्रभावित रहेकाले प्रदेश प्रमुख झा अनुगमनमा निस्किएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell