PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदको हस्ताक्षर संकलन



माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदको हस्ताक्षर संकलन

बुटवल : लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन ४२ जना सांसदको हस्ताक्षर संकलन गरिएको छ।

यद्यपि प्रदेश प्रमुख धर्मनाथ यादवले शंकर पोखरेलले बहुमत पुर्‍याएको भन्दै पुन: मुख्यमन्त्री नियुक्त गरिसकेका छन्।

माओवादी केन्द्रले ४२ जनाको हस्ताक्षरसहित ढिलो गरी प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गरेको छ।

जसमा ‘अविश्वासको प्रस्ताव सामना नगरी मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भइसकेकाले लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको बहुमत प्राप्त माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्य कुलप्रसाद केसीलाई संविधानको धारा १६८ (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न तपशील बमोजिमका लुम्बिनी प्रदेशसभा सदस्यहरुको समर्थन रहेको अवस्था जानकारी गराउँदै नयाँ सरकार गठन गर्नका लागि दाबी प्रस्तुत गर्दछौं’ भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell