PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

देउवा, प्रचण्ड र उपेन्द्रलाई शंकर पोखरेलले सिकाए पाठ, 'राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्नु लज्जास्पद'



देउवा, प्रचण्ड र उपेन्द्रलाई शंकर पोखरेलले सिकाए पाठ, 'राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्नु लज्जास्पद'

काठमाडौं : लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री शंकर पोखरेलले नेकपा एमालेका सबै सांसदको समर्थन आफूलाई रहेको दाबी गरेका छन्। आइतवार अविश्वासको प्रस्ताव पेश हुने देखिएपछि तत्काल राजीनामा दिएर पुन मुख्यमन्त्रीमा शपथ खाएका पोखरेलले यति कुरा संविधान निर्माण गर्ने नेताहरुले थाह नहुनु आश्चर्यको कुरा भएकोसमेत बताएका छन्।

'चर्चामा ल्याइएका अन्य सांसदहरु समेत दलको बैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमती जनाउनु भएको हो। सूर्य चिन्हवाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनी रुपमा समेत अन्य दललाई हुन सक्तैन। यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरवहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो,' मुख्यमन्त्री पोखरेलले भनेका छन्।

यसैगरी उनले यस विषयमा वक्तव्य जारी गरी राष्ट्रिय पार्टीका नेताहरुले लज्जासपद हर्कत गरेको आरोप लगाएका छन्। 'संविधानले एउटा चुनाव चिन्ह लिएर चुनाव जिल्नेहरुलाई अर्को दल परिवर्तको अधिकार दिएको छैन। चुनाव चिन्ह सूर्य लिएकाहरु हाम्रा पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारीगर्ने कुरा लज्जास्पद विषय हो,' उनको आरोप छ।

लुम्विनी प्रदेशको यथार्थ शीर्षकमा उनले सोमवार फेसबुकमार्फत बहुमत प्राप्त दलको हैसियतमा आफूले मुख्यमन्त्रीमा दाबी गरेको उल्लेख गर्दै विमला वलीले माओवादी केन्द्र रोजेर प्रचार गरिनु कानुन विपरित भएकोसमेत उल्लेख गरेका छन्। 'विमला कुमारी खत्री फाल्गुन २३ को फैसला पछि एमालेको प्रदेशसभा दलमा सहभागी हुँदै आउनु भएको हो। उक्त विवरण त्यतिवेला नै प्रदेशसभामा दर्ता भइसकेको छ। अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित कार्य हो। यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ,' उनले भनेका छन्।

पोखरेलले अबको विवाद प्रक्रिया अनुरुप नै निरुपण हुनेसमेत बताएका छन्। उनले भनेका छन्, 'दलको वैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो। नियुक्ति पनि त्यसै आधारमा भएको हो। नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell