PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण, 'लक्षणले च्यापेका छन्, तर मनोबल उच्च छ'



कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण, 'लक्षणले च्यापेका छन्, तर मनोबल उच्च छ'

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। ज्वरो र जिउ दुखाई बढेपछि आइतवार स्टार अस्पतालमा स्वाब परीक्षण गराएकोमा आज बिहान रिपोर्ट आएको उनले बताएका छन्।

'ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ। बिहानिपख रिपोर्ट आयो-पोजेटिभ,' शर्माले भनेका छन्।

ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l टेकु´का डा मित्र...

Posted by Bishwa Prakash Sharma on Sunday, May 2, 2021

अहिले आफू डाक्टरको सल्लाहअनुसार होम आइसोलेसनमा रहेको उनले उल्लेख गरेका छन्। लक्षणले च्यापे पनि मनोबल उच्च रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्। 'टेकुका डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु। डेरामै आइसोलेसनमा छु। लक्षणले च्यापेका छन्। तर मनोबल उच्च छ।'

प्रवक्ता शर्माले कोरोनाबाट बच्न सबैलाई सजग बन्नसमेत आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell