PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

२४ घण्टामा हेटौंडामा ३ जना संक्रमितको मृत्यु



२४ घण्टामा हेटौंडामा ३ जना संक्रमितको मृत्यु

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ।

सोमवार बिहान साढे ९ बजे संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। संक्रमणबाट महोत्तरी जलेश्वर-२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो। उनलाई ६ दिनअघि थप उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो।

योसँगै २४ घण्टा नबित्दै हेटौंडा अस्पतालमा ३ जना संक्रमितले ज्यान गुमाएका छन्।

यसअघि आज बिहान ६ बजेर २२ मिनेटमा बाराका ४६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो। यसैगरी गएराति ९ बजेर १७ मिनेटमा हेटौंडा-१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell