PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष सातमा



दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष सातमा

नेपाली मूलका दिवेश पोखरेल उर्फ अर्थर गन अमेरिकन आइडलको शीर्ष सातमा पर्न सफल भएका छन्। यसअघि उनी अमेरिकन आइडलको १८ ‍औँ सिजनमा रनरअप भएका थिए।

आज अर्थात सोमबार भएको एपिसोडमा आर्थरले ‘कोको’ फिल्मको ‘रिमेम्बर मी’ बोलको गीत गाएका थिए। गीत सुनेर जजहरुले उनको निकै प्रशंसा गरेका थिए।

वैशाख ६ मा दिवेशले अमेरिकन आइडलको १९ औं संस्करणमा कमब्याक गरेका थिए। सो दिन उनले गो गो डल्सको ‘आइरिस’ बोलको गीत गाएका थिए।

सिजन १८ का १० प्रतियोगीले १९ ‌औँ संस्करणमा भाग लिने मौका पाएका थिए। जसमा आर्थर गनसँगै फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस समेत छनोटमा परेका थिए।

अमेरिकन आइडलले कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको कारण देखाउँदै गत सिजनका दस जनालाई मौका दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell