PahiloPost

Aug 23, 2024 | ७ भदौ २०८१

दलित विकास समिति उपाध्यक्षविरुद्ध यौन दुर्व्यवहारको आरोप, जसपा नेतृद्वारा मुद्दा दर्ता



दलित विकास समिति उपाध्यक्षविरुद्ध यौन दुर्व्यवहारको आरोप, जसपा नेतृद्वारा मुद्दा दर्ता
PHOTO : onlinesiraha

लहान : जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराएकी छन्।

आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको आरोप लगाउँदै सिरहाको लहान नगरपालिका­१ निवासी नेतृ दासले समितिका उपाध्यक्ष बैठाविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता गराएको जानकारी दिइन्।

सर्लाहीको विष्णु गाउँपालिका­४ निवासी उपाध्यक्ष बैठाले गत चैत्र ९ गते राति ११ बजेको समयमा सामाजिक सञ्जाल म्यासेन्जरमार्फत आफूलाई अश्लिल गालीगलौज गरेकाले आफ्नो दाम्पत्य जीवनमा धरापमा परेको नेतृ दासले जाहेरीमा उल्लेख गरेकी छन्।

उपाध्यक्ष बैठाले मुलुकी अपराध फौज्दारी कार्यविधि संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य सुविधा र नैतिकताविरुद्ध कसुरको दफा ११८ बमोजिम अभद्र व्यवहार गरेकाले यथाशीघ्र पक्राउ गरी कारबाही गर्न दासले मागसमेत गरेकी छन्।

जाहेरी परेकाले यस बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell