PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

विवाहको २७ वर्षपछि बिल गेट्स र मेलिन्डा गेट्सको सम्बन्धविच्छेद



विवाहको २७ वर्षपछि बिल गेट्स र मेलिन्डा गेट्सको सम्बन्धविच्छेद
फोटो : AP

विश्वकै धनाढ्य बिल गेट्सले आफ्नो श्रीमती मेलिन्डासँग सम्बन्धविच्छेद गरेको जनाएको छ। विवाहको २७ औं वर्षमा सल्लाह गरेरै सम्बन्ध विच्छेद भएक गेट्सले ट्वीटरमार्फत जनाएका छन्।

सम्बन्ध विच्छेद भए पनि बिल एन्ड मेलिन्ड गेट्स फाउन्डेसनमा भने मिलेर काम गर्ने उनले बताएका छन्। यो सहयोगी संस्था सन् २००० मा स्थापना भएको थियो।

मेलिन्डाले वासिङ्टनस्थि किङ काउन्टीमा सोमवार सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन्। सम्बन्धविच्छेदमा मेलिन्डाले के कति दाबी गर्ने भन्ने विषयमा खुलेको छैन।

हाल बिल गेट्स्को सम्पत्ति १३७ बिलियन डलर रहेको ब्लुमबर्ग बिलिनियर्स् र्‍याङ्किङलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ। सन् १९८७ मा न्युयोर्कमा उनीहरुबीच पहिलो भेट भएको बताइएको छ। त्यसपछि सन् १९९४ मा हवाईमा बिहे गरेका थिए गेट्स जोडीले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell