PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

चुनावपछि बंगालमा राजनीतिक दंगा, मारिए ११ जना



चुनावपछि बंगालमा राजनीतिक दंगा, मारिए ११ जना
फोटो : Bhaskar.com

पश्चिम बंगालमा हालै सम्पन्न विधानसभाको निर्वाचन परिणाम आएको छ। यसलगत्तै राजनीतिक हिंसा पनि शुरु भएको बताइएको छ। केन्द्रीय सरकारले चुनावी दौरानमा के कति कारणले राजनीतिक कार्यकर्ता मारिए भनी बंगाल सरकारसँग रिपोर्ट मागेको छ।

मतगणना सकिएको २४ घण्टाभित्रमा भारतीय जनता पार्टीका ९ जनाको हत्या भएको भाजपाका बंगाल प्रदेश अध्यक्ष दिलिप घोषले दाबी गरेका छन्। उनका अनुसार यहाँ प्रहरीले कुनै सहयोग गरेका छैनन्। भाजपाका नेता कैलाश विजयवर्गीयले ममता बनर्जीको आदेशमा यो सबै भइरहेको आरोप लगाएका छन्। टाइम्स अफ इन्डियाले मतपरिणामपछि ११ जनाको मृत्यु भएको जनाएको छ। केही स्थानमा भाजपाको अफिस र केही पसलमा तोडफोडसमेत भएको बताइएको छ।

आइतवार सम्पन्न मतगणनामा तृणमुल कांग्रेसले २१३ सिट जितेको छ भने बिजेपीले ७७ सिटमा चित्त बुझाएको छ। कोरोनका कारण उम्मेद्वारको मृत्यु भएकाले एक स्थानमा निर्वाचन स्थगित गरिएको छ।

भाजपाविरुद्ध 'बाजिगर' बनिन् बंगालकी दिदी : आफू हारेरै पनि हराइन् मोदीलाई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell