PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निफमा बलिउड निर्देशक अनुराग कश्यपले अनुभव सेयर गर्ने



निफमा बलिउड निर्देशक अनुराग कश्यपले अनुभव सेयर गर्ने

काठमाडौं : नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (निफ) २०२१ मा भारतीय फिल्म निर्देशक अनुराग कश्यपले अनुभव सेयर गर्ने भएका छन्।

वैशाख २३ गतेदेखि २७ गतेसम्म अनलाइबाट फेस्टिभल आयोजना हुने भएको छ। जसमा फिल्म निर्देशक कश्यपले फिल्मी अनुभव सेयर गर्न लागेका हुन्।

अनुराग कश्यपले पहिलो दिनमा दिउँसो ३:३० देखि करिब डेढ घण्डासम्म आफ्ना फिल्मी अनुभव सेयर गर्ने फेस्टिभलका अध्यक्ष केपी पाठकले जानकारी दिए।

साथै कोरोनाका कारण भर्चुअल माध्यमबाट हुन भएकाले अनुरागको सेयर गर्ने अनुभवलाई फेसबुक लाइभबाट समेत सुन्न र हेर्न सकिने छ। महोत्सवमा प्रतिस्पर्धामा रहेका फिल्महरु भने नेट टिभीबाट प्रदर्शन गरिने अध्यक्ष पाठकले बताए।

अनुराग अनुराग कश्यप भारतीय फिल्म क्षेत्रमा लेखक, निर्माता, अभिनेता र सम्पादकका रुपमा चर्चित छन्। उनले ब्ल्याक फ्राइडे, ग्याङ्स अफ वासेपुर, देव डी जस्ता फिल्म निर्देशन गरिसकेका छन्।

साथै फेस्टिभलको दोस्रो दिन 'राजनीतिज्ञको दृष्टिमा चलचित्र' विषयमा छलफल र बहस सञ्चालन हुनेछ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आइरहेको निफको चौथो संस्करणमा नेपालबाट लाटोकोसेरो, सरिता ११ वर्ष र आमाखाण्डो फिचर फिल्म छनोटमा परेका छन्।

विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० फिल्म प्राप्त महोत्सवमा ३१ देशका ६३ चलचित्र मात्र प्रस्तिस्पर्धामा छनोट भएका थिए। साथै नेपालबाट थप तीन फिल्म गरी कुल ६६ फिल्म महोत्सवमा प्रदर्शन गरिने छ।

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्महरुलाई छुट्टै विधामा प्रतिस्पर्धामा सहभागी गराइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell