PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बाँकेमा दुई, सप्तरी र मकवानपुरमा एक/एक कोरोना संक्रमितको मृत्यु



बाँकेमा दुई, सप्तरी र मकवानपुरमा एक/एक कोरोना संक्रमितको मृत्यु

बुटवल : बाँकेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खजुरा २ बाँकेका ६९ बर्षीय पुरुष र नेपालगन्ज १० का ५२ बर्षीय पुरुष रहेका छन्। खजुराका पुरुषलाई आइसोलेसनबाट अस्पताल लैजादै गर्दा गएराती ११ बजेर ३० मिनेटमा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्।

उनका अनुसार भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० का ५२ बर्षीय पुरुषको मंगलबार बिहान ९ बजे मृत्यु भएको हो।

यी दुई मृतकसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४३ पुगेको छ।

सप्तरीका शिक्षकको मृत्यु

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ। उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो।

सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय माविमा अध्यापनरत ति ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनी उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिए। वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जनाको ज्यान गइसकेको छ।

हेटौंडामा एक महिलाको मृत्यु

कोभिड–१९ सङ्क्रमणका कारण हेटौंडा उपमहानगरपालिका–६ की ४१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ। ती महिलाको हेटौँडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार भर्ना गरिएको थियो।

योसँगै कोरोनाका कारण हेटौँडा अस्पतालमा चार जनाको मृत्यु भइसकेको । आइतबार राति हेटौँडा उपमहानगरपालिका–१ का ५५ वर्षीय पुरुष, सोमबार बाराका एक पुरुष र महोत्तरीकी एक महिलाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell