PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

मेक्सिको सिटीमा मेट्रो ओभरपास भत्कियो, २० जनाको मृत्यु



मेक्सिको सिटीमा मेट्रो ओभरपास भत्कियो, २० जनाको मृत्यु
Photo : Reuters

मेक्सिको सिटीमा मेट्रो ओभरपास भत्किँदा २० जनाको मृत्यु भएको छ। यस घटनामा करिब ७० जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ।

ओभरपास भत्किँदा कयौं रेलका डिब्बाहरु सडकमा खसेका थिए। ओलिभस स्टेसनको मेट्रो लाइन १२ मा भएको घटनाको भिडियो समेत सार्वजनिक भएको छ।

२०१७ मा गएको भूकम्पमा ओभरपास चर्किएको स्थानीयले बताएका छन्। त्यसपछि यातायात विभागका अधिकारीहरुले ओभरपास मर्मत समेत गरेका थिए।

हाल घटनास्थलमा उद्धारकार्य जारी रहेको स्थानीय मिडियाले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell