काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पार्टीको जिम्मेवारीबाट दुई साताका लागि बिदामा बसेका छन् ।
शर्माले ट्वीटरमार्फत अस्वस्थताका कारण दुई साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको जानकारी प्रेस, पार्टी र शुभचिन्तकहरुलाई गराउँदै क्षमा मागेका छन्।
चाँडै नै पूर्ण स्वस्थ भएर पूर्ण जाँगर साथ मैदानमा फर्किने शर्माको भनाइ छ। ‘विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु,’ उनले भनेका छन्।