PahiloPost

Jul 3, 2024 | २० असार २०८१

विशेष अधिवेशनका लागि सांसदको भोलि र पर्सी पीसीआर परीक्षण गरिने



विशेष अधिवेशनका लागि सांसदको भोलि र पर्सी पीसीआर परीक्षण गरिने

काठमाडौं: संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुको कोभिड १९ पीसीआर परीक्षण गराउने भएको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिद्वारा वैशाख २७ का लागि आह्वान गरिएको विशेष अधिवेशनमा उपस्थित हुने सांसद, कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मीको वैशाख २२ र २३ गते संसद भवनमा पीसीआर परीक्षण गरिने सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाद्वारा मंगलवार जारी सूचनामा उल्लेख छ।

२२ गते सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्य, संसद सचिवालयका महासचिव, सचिवलगायत सम्पूर्ण कर्मचारीहरुको परीक्षण गरिने तय गरिएको छ।

त्यसैगरी २३ गते संसद भवनका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिव, सुरक्षाकर्मी र छुटपुछ भएका सम्बन्धित सबैले परीक्षण गराउन सूचनामा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell