PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

ओलीले विश्वासको मत लिने निर्णय गरेपछि अब के गर्ने? छलफलमा जुट्यो माओवादी



ओलीले विश्वासको मत लिने निर्णय गरेपछि अब के गर्ने? छलफलमा जुट्यो माओवादी
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको अनौपचारिक बैठक डाकेको छ। पार्टी कार्यालय पेरिसडाँडामा ३ बजेका लागि बोलाएको बैठकमा सहभागी हुने नेताहरु अहिले पार्टी कार्यालयमा जम्मा भइरहेका छन्।

बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले नयाँ रणनीति बनाउन बैठक बोलाएको एक स्थायी कमिटी सदस्यले बताए।

ओलीले आइतवार नै मन्त्रिपरिषदको बैठकबाट विश्वासको मत लिन प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वानका लागि सिफारिस गरेका थिए। माओवादीले ओलीको उक्त निर्णका बारेमा सोमवार नै बैठक बोलाउने तयारी गरे पनि अन्तिममा रोकिएको थियो।

यसैबीच सोमवार नै तीन दलका नेताहरुबीच अनौपचारिक छलफलसमेत भएको थियो। ओलीले २७ गते लिन लागेको विश्वासको मत अघि नै अविश्वासको प्रस्ताव दर्ता गर्ने नगर्ने बारेमा नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूह निष्कर्षमा पुगिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell