PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

बिहारमा जेठ १ गतेसम्म लकडाउन घोषणा, अदालतले लकडाउन गर्न दिएको थियो 'अल्टिमेटम'



बिहारमा जेठ १ गतेसम्म लकडाउन घोषणा, अदालतले लकडाउन गर्न दिएको थियो 'अल्टिमेटम'
Photo : India TV / PTI

भारतको बिहारमा गतेसम्म जेठ १ गतेसम्म लकडाउन घोषणा गरिएको छ। कोरोना भाइरस संक्रमणको संख्यामा वृद्धि भएपछि मुख्यमन्त्री नितिश कुमारले लकडाउन घोषणा गरेका हुन्।

पटना उच्च अदालतले राज्य सरकारलाई लकडाउन गर्न 'अल्टिमेटम' दिएको थियो। राज्य सरकारले लकडाउन नगररे अदालतले हस्तक्षेप गर्छु भनेर आदेश दिएपछि नितिश सरकार लकडाउन गर्न बाध्य बनेको हो।

बिहानमा एकैदिन ११ हजार भन्दा बढीमा संक्रमण र ८२ जनाको मृत्यु भएको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन्।  

दिल्ली, महाराष्ट्र लगायतका राज्यबाट मानिसहरु फर्किएसँग बिहारमा संक्रमणको दर बढेको थियो। भारतका विभिन्न राज्यबाट बिहार हुँदै नेपाल आउने क्रम बढेकोले नेपालमा समेत संक्रमण फैलिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell