PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

राष्ट्रपतिद्वारा सातवटा अध्यादेश जारी, सरकारले तेस्रो पटक ल्यायो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश



राष्ट्रपतिद्वारा सातवटा अध्यादेश जारी, सरकारले तेस्रो पटक ल्यायो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटा अध्यादेश जारी गरेकी छिन्। मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) अनुसार भण्डारीले अध्यादेश जारी गरेकी हुन्।

भण्डारीले संवैधानिक परिषद सम्बन्धीको अध्यादेश तेस्रो पटक जारी गरेकी छिन्। यसअघि बैशाख ८ गते र मंसिर ३० गते दुईपटक संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भइसकेको थियो। तर, अध्यादेश विवादमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ८ मा ल्याएको अध्यादेश फिर्ता लिनुपरेको थियो। मंसिर ३० मा अध्यादेश ल्याएर संवैधानिक निकायमा नियुक्ति गरिएको थियो। उक्त नियुक्तीपनि विवादित भएको थियो।

राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेर अध्यादेशबारे जानकारी गराएको हो। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस अनुसार देहाय बमोजिमका अध्यादेशहरू जारी गरिएको छ।

१. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

२. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८

३. औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ .

४. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८

५. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८

६. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८

७. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell