PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बादलको काउन्टरमा माधव नेपाल समूहका देवकोटा राष्ट्रिय सभाका साझा उम्मेद्वार



बादलको काउन्टरमा माधव नेपाल समूहका देवकोटा राष्ट्रिय सभाका साझा उम्मेद्वार

काठमाडौं : बागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका नेता रामबहादुर थापा बादलसँग विपक्षी गठबन्धनका तर्फबाट डा. खिमलाल देवकोटा प्रतिस्पर्धा गर्ने भएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बादललाई अघि सार्दा नेपाली कांग्रेस, माओवादी केद्र र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई समूहले एमालेको माधव नेपाल समूह देवकोटालाई उम्मेद्वार बनाउने सहमति गरेका हुन्।

देवकोटाले आफू राष्ट्रिय सभाको उम्मेद्वारका लागि छानिएको बारे अनौपचारिक जानकारी आएको बताए। 'औपचारिक जानकारी त आइसकेको छैन। अनौपचारिक रुपमा मलाई छानिएको भन्ने सुनेको छु,' पहिलोपोस्टसँग उनले भने। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका नेता उपेन्द्र यादव र एमालेका नेता माधवकुमार नेपालको मंगलवार साँझको छलफलले देवकोटालाई उम्मेद्वार बनाउने सहमति गरेको बताइएको छ।

सर्वोच्च अदालतले माओवादी र एमालेलाई अलग गराएसँगै बादलले माओवादी छोडेको घोषणा गरेका थिए। पार्टी परित्यागपछि माओवादी केन्द्रले उनलाई सांसद पदबाट हटाएको थियो। राष्ट्रिय सभाको रिक्त पदमा उपनिर्वाचन हुँदै छ। उक्त निर्वाचनमा ओलीलाई एमलेकै माधव नेपाल समूहले साथ नदिने भएको छ। विपक्षी गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका देवकोटा बागमती प्रदेशको योजना आयोगको उपध्यक्ष भएका थिए। अर्थशास्त्रमा पीएचडी गरेका देवकोटा वित्तीय संघीयता विज्ञ मानिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell