PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

दलबलसहित प्रधानमन्त्री ओली पुगे देउवा निवास बुढानिलकण्ठ



दलबलसहित प्रधानमन्त्री ओली पुगे देउवा निवास बुढानिलकण्ठ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। ओली देउवालाई भेट्न नेकपा एमालेका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादलसहित पुगेको बालुवाटार स्रोतले जनाएको छ।

यता कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पनि ओली बुढानिलकण्ठ आइपुगेको पुष्टि गरे।

ओलीले २७ गते प्रतिनिधि सभामा लिन लागेको विश्वासको मतमा आफ्नो पक्षमा मत दिन आग्रह गर्न देउवा निवास पुगेका हुन्। प्रधानमन्त्री भएपछि ओली आफ्नो समूहसहित देउवा निवास गएको यो पहिलो घटना हो।

कांग्रेसले भने यसअघि नै ओलीको योजना फेल गराउने निर्णय पदाधिकारीको बैठकबाट गरिसकेको छ। माओवादी केन्द्रले आज संसदमा सरकारको समर्थन फिर्ता लिएपछि ओलीले आफ्नो सत्ता जोगाउन बुढानिलकण्ठ पुगेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell