PahiloPost

May 15, 2024 | २ जेठ २०८१

सिन्धुपाल्चोकका ९ स्थानीय तहमा आजबाट निषेधाज्ञा



सिन्धुपाल्चोकका ९ स्थानीय तहमा आजबाट निषेधाज्ञा

चौतारा : जिल्लाको नौ स्थानीय तहमा आजबाट निषेधाज्ञा जारी भएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बुधवारको बैठकले तोकिएका तहमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हो।

चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, भोटेकोसी गाउँपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, जुगल गाउँपालिका, लिसंखु पाखर गाउँपालिकाका केही क्षेत्रमा वैशाख २३ देखि वैशाख ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ।

निषेध गरिएका क्षेत्रमा अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell