PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

मे दिवसमा चीनमा ह्वात्तै बढ्यो आन्तरिक पर्यटक, पाँच दिनमा २३ करोडले गरे भ्रमण



मे दिवसमा चीनमा ह्वात्तै बढ्यो आन्तरिक पर्यटक, पाँच दिनमा २३ करोडले गरे भ्रमण

चीनमा मे दिवसभर आन्तरिक पर्यटनमा उल्लेख्य वृद्धि भएको छ। यस वर्षको मे दिवसमा २३ करोड चिनियाँले विभिन्न स्थान भ्रमण गरेको सिन्ह्वाले जनाएको छ।

यो आँकडा अघिल्लो वर्षभन्दा ११९ प्रतिशतले बढी भएको त्यहाँको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको हो।

यसले १७.५ बिलियन अमेरिकी डलर राजश्व संकलन भएको बताइएको छ। चीनमा मे १ बाट ५ गतेसम्मलाई मे दिवसका रुपमा बिदा दिइएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell