PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भारतमा एकैदिन ४ लाख भन्दा बढी कोरोना संक्रमित पहिचान, ३९ सय बढीको मृत्यु



भारतमा एकैदिन ४ लाख भन्दा बढी कोरोना संक्रमित पहिचान, ३९ सय बढीको मृत्यु
Photo : AP / Rajanish Kakade

भारतमा पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढी कोभिड १९ संक्रमित पहिचान भएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ४ लाख १२ हजार २६२ जनामा संक्रमण देखिएको हो।

यस्तै, एकैदिन ३ हजार ९८० जनाको संक्रमणका कारण मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ११३ जना संक्रमण मुक्त हुँदा हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३५ लाख ६६ हजार ३९८ पुगेको छ।

हालसम्म भारतमा २ करोड १० लाख ७७ हजार ४१० जनामा संक्रमण देखिँदा २३ लाख १ हजार ६८ हजारको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell