PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

लडेँ, लडेँ, लडेँ म त, लौन समाऊ...समाऊ



रवीन्द्र मानन्धर

लडेँ, लडेँ, लडेँ म त, लौन समाऊ...समाऊ

माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुग्दा, प्रधानमन्त्री केपी शर्मा ओली कडै व्यङ्ग्य गरेका थिए। तर, तिनै ओली हिजो लावालस्करसहित देउवाको ढोका गुहार्न पुगे - वैशाख २७ गतेको परीक्षामा पास गराइदेउ भन्दै। त्यसो त २७ गते ओलीको निक्कै प्यारो रहेछ। उनले प्रतिनिधिसभा विघटन गर्दै चुनाव गर्ने मिति पनि वैशाख १७ र २७ तोकेका थिए। आखिर चुनाव लड्ने उनको रहर पूरा भएरै छाड्ने भयो २७ गते। जापानको राजदूत रहेकी देउवाको सासुको म्याद सकिए पनि फेरि निरन्तरता दिँदै देउवाको दैलोमा विश्वासको मत माग्दै पुगेका हुन् उनी। मुलुकबाट कांग्रेस सकिएकाले टुकी बालेर खोज्नुपर्ने अभिव्यक्ति दिएका ओलीको दौडधुप देख्दा ...लडेँ, लडेँ, लडेँ म त, लौन समाऊ... भन्ने गीतको पो याद भयो त।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell