PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एमाले स्थायी कमिटी : उम्मेदवारको टुंगो लागेन, जितलाई सुनिश्चित बनाउने निर्णय, विश्वासको मत माग्न नछोड्ने



एमाले स्थायी कमिटी : उम्मेदवारको टुंगो लागेन, जितलाई सुनिश्चित बनाउने निर्णय, विश्वासको मत माग्न नछोड्ने

काठमाडौं : नेकपा एमाले स्थायी कमिटी बैठकले राष्ट्रियसभा निर्वाचनका लागि वाग्मतीका उम्मेद्वारको जित सुनिश्चित बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीवार बसेको तेस्रो स्थायी कमिटी बैठकले उम्मेदवारको टुंगो भने लगाउन सकेन। वाग्मती प्रदेशमा माओवादीको चुनाव चिन्ह हसिया हथौडाबाट लड्नेगरी माधव नेपाल समूहका खिमलाल देवकोटालाई अघि सारिएको छ।

एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादलको नाम उम्मेदवारका लागि चर्चामा रहे पनि टुंगो लागेको छैन। बिहीवारको बैठकमा वाग्मतीमा आफ्नो उम्मेदवार जिताउने गरी अघि बढ्ने निर्णय भए पनि उम्मेदवार को भन्ने टुंगो लागेन।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बैठकमा ६ गते हुन गइरहेको वाग्मती प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचनका सन्दर्भमा छलफल गरेको जानकारी दिँदै नेकपा एमालेको उम्मेदवार जिताउने, जित सुनिश्चित हुनेगरी यसको तयारीका लागि विभिन्न सुझावहरु नेताहरुले दिएको बताए।

‘त्यसैअनुसार जनप्रतिनिधिसँग कुराकानी अगाडि बढाउने, जितलाई सुनिश्चित हुनेगरी छलफल अगाडि बढाउने निर्णय गरेका छौं। उम्मेदवारको बारेमा छिट्टै निर्णय गर्छौं। लुम्बिनीका बारेमा पछि गर्छौं,’ उनले भने।

एमालेले विश्वासको मतका लागि सबै पक्षसँग सम्वादलाई निरन्तरता दिने निर्णय पनि गरेको छ।

‘विश्वासको मतको सन्दर्भमा पनि हामीले छलफलहरु गरेका छौं। मत प्राप्त गर्नेगरी विभिन्न पक्षसँग छलफलहरु चलिरहेको छ। त्यसलाई सघन ढंगले अगाडि बढाउने, निरन्तरता दिने कुरा भइरहेको छ,’ प्रवक्ता ज्ञवालीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell