PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गण्डकी प्रदेशका ११ जिल्लामा कस्तो छ कोरोना संक्रमणको अवस्था ?



 गण्डकी प्रदेशका ११ जिल्लामा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

पोखरा : देशभर कोरोना संक्रमणको दर बढ्दै गएको छ। पछिल्लो समय गण्डकी प्रदेशमा समेत कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। साथै मृतकको संख्या पनि बढेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको  पछिल्लो तथ्यांक अनुसार हालसम्म प्रदेशमा २० हजार ४२७ जना मा संक्रमण पहिचान भएको छ। जसमध्ये १७ हजार १५९ जना संक्रमण मुक्त भएका छन्। हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१ रहेको छ।

यस्तै, गण्डकी प्रदेशमा कोरोनाको कारण बिहिबार थप ४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार ३ जना मृतक कास्की जिल्ला पोखरा महानगरपालिकाका र १ जना म्याग्दी जिल्ला धौलागिरी गाउँपालिकाका रहेका छन्। यससँगै गण्डकीमा मृतकको संख्या २४१ पुगेको छ।

प्रदेशमा कोरोनाबाट सबैभन्दा प्रभावित जिल्ला कास्की हो। जिल्लामा हालसम्म संक्रमितको संख्या १० हजार ७३८ पुगेको छ। जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ८०१ रहेको छ। आजको ३ मृतकको संख्या जोडेर जिल्लामा १३४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

त्यस्तै, स्याङ्जामा हालसम्म १ हजार ८२ जना संक्रमित पहिचान हुँदा ८ ४४ जना निको भएर घर फर्किएका छन्। जिल्लामा सक्रिय संक्रमितको संख्या २१८ रहेको छ। २० जना संक्रमितको मृत्यु भइसकेको छ।

गोरखामा हालसम्म १ हजार २४ जनामा संक्रमण देखिएको छ। जसमध्ये ८३८ जना संक्रमण मुक्त भइसकेका छन्। जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १७४ पुगेको छ। १२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

तनहुँमा हालसम्म १ हजार ६४२ जनामा संक्रमित देखिएको निर्देशनालयले जनाएको छ। जसमध्ये १ हजार ४९३ निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या १२३ छ। यहाँ २६ संक्रमितको मृत्यु भइसकेको छ।

नवलपरासी पूर्वमा हालसम्म २ हजार ६८८ संक्रमित भएका छन्। आज थप ४१ जनामा संक्रमण देखिएको छ। जसमध्ये २ हजार ४२५ निको भइसकेका छन्। हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २४१ पुगेको छ। २२ जना संक्रमितको मृत्यु भइसकेको छ।

पर्वतमा हालसम्म ४५७ जना संक्रमित भएका छन्। जसध्ये ४१० निको भइसकेको छन्। जिल्लामा सक्रिय संक्रमितको संख्या ४१ छ भने ६ जनाको मृत्यु भइसकेको छ।

यस्तै, बागलुङमा १ हजार ३९१ जना संक्रमित पहिचान भइसकेका छन्। जिल्लामा निको भएको संख्या १ हजार १०८ छ भने सक्रिय संक्रमितको संख्या २७४ छ। यहाँ ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै म्याग्दीमा हालसम्म ३७९ जना संक्रमित भएका छन्। जिल्लामा हाल सक्रिय संक्रमितको संख्या एक सय रहेको छ। बिहिबार भएको मृत्युको संख्या जोडेर जिल्लामा हालसम्म ६ कोरोना संक्रमितको मृत्यु भएको छ।

मुस्ताङमा हालसम्म ५० जना संक्रमित पहिचान भएका छन्। आज थप १४ जनामा संक्रमण देखिएको छ। जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १७ छ। जिल्लामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मनाङमा अहिलेसम्म ३४ जना संक्रमित भेटिएका छन्। जसमध्ये २० जना निको भएर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या १४ छ। जिल्लामा हालसम्म कोरोनाका कारण कुनै संक्रमितको ज्यान गएको छैन। यता लमजुङमा हालसम्म ९४२ जनामा संक्रमण देखिएको छ। जसमध्ये ९०९ जना निको भइसकेका छन्। जिल्लामा हाल ५ जनामात्रै सक्रिय संक्रमित रहेका छन्। यहाँ २८ जना संक्रमितले ज्यान गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell