PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

वीरगंजमा भोलिदेखि महानगरले टोलटोलमा स्वाब संकलन गर्ने



वीरगंजमा भोलिदेखि महानगरले टोलटोलमा स्वाब संकलन गर्ने

वीरगंज : वीरगंज महानगरको स्वास्थ्य महाशाखाले बैशाख २४ गतेदेखि टोलटोलमा घुम्ती स्वाब संकलन टोली परिचालन गर्ने भएको छ।

पछिल्ल्लो समयम वीरगंज पुनः हटस्पट बनेपछि कोरोना संक्रमितको सम्पर्कमा आएका वा ज्वरो, रुघाखोकी जस्ता कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका शंकास्पद विरामीहरुको सुविधाको लागि यो घुम्ती टोली परिचालन गरिएको वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले बताए।

उनका अनुसार महानगरले सूचना प्रकाशित गरी हेरक दिन विहान ७ बजेदेखि १० बजे सम्म स्वाब संकलन गरी परीक्षणको दायरालाई बढाउन लागेको हो।

कोरोना महामारी नियन्त्रण र रोकथाम अभियानलाई थप प्रभावकारी बनाउन मास स्क्रिनिङको अवधारणामा महानगरले काम थालेको बताइएको छ।

पोजेटिभ देखिएका संक्रमितको स्वास्थ्य अवस्था हेरेर होम आइसोलेशन, महानगरको आइसोलेशन वा कोभिड अस्पतालको आइसोलेशनमा पठाइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell