PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

एमाले वाग्मती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनीत



एमाले वाग्मती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनीत

हेटौंडा : नेपाल कम्युनिस्ट पार्टी (एमाले) वाग्मती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनीत भएका छन्। तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनयन गरिएको हो।

एमाले ससंदीय दलका नेता एवम् प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दलको विधान २०७७ को दफा १३ बमोजिम निरौलालाई मनोनयन गरेका हुन्।

निरौलालाई मुख्य सचेतकमा नियुक्त गरिएको पत्र प्रदेश सभा सचिवाललाई पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell